Posts

Showing posts from August, 2023

छथर सुक्रबारेमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

Image
  तेर्हथुम। छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।  "खेलकुद र संस्कृती हाम्रो सान,समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने सार्वजानिक गरिएको छ ।  गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उदेश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । मेलाको अवसरमा फुटबल,भलिबल र व्याडमिन्टन प्रतियोगिता हुनेछ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।  त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप,प्रमाणत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप,मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्र र मेडल प...