Posts

छथर सुक्रबारेमा अध्यक्ष कप खेलकुद प्रतियोगिता हुने

Image
  तेर्हथुम। छथर गाउँपालिकाको केन्द्र छथर सुक्रबारेमा ऐतिहासिक रुपमा लाग्दै आएको भदौ पुर्णिमा मेलाको अवसरमा चौथो गाउँपालिका अध्यक्ष कप प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।  "खेलकुद र संस्कृती हाम्रो सान,समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभियान" भन्ने मुल नाराका साथ पत्रकार सम्मेलन गरी छथर गाउँपालिकाको सहयोग तथा रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने सार्वजानिक गरिएको छ ।  गाउँपालिका क्षेत्रलाई खेल पर्यटका साथै लोपउन्मुख कला,संस्कार,संस्कृती संरक्षण गर्ने उदेश्यका साथ चौथो गाउँपालिका अध्यक्ष कपको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । मेलाको अवसरमा फुटबल,भलिबल र व्याडमिन्टन प्रतियोगिता हुनेछ । फुटबल प्रतियोगिता तर्फ प्रथम हुनेले अध्यक्ष कपको साथमा नगद १ लाख ५१ हजार, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ ।  त्यस्तै दोश्रो हुनेले नगद ७५ हजार कप,प्रमाणत्र र मेडल प्राप्त गर्नेछ । त्यस्तै भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ५१ हजार गाउँपालिका अध्यक्ष रनिङ कप,मेडल र दोश्रो हुनेले नगद ७५ हजार कप र प्रमाणपत्र र मेडल प...

आमचोकलाई पाखा लगाउँदै अरुण गाउँपालिका क्वाटरफाइनलमा

Image
शरणामति। गत बर्षको उप विजेता आमचोक गाउँपालिका भोजपुर तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताबाट बाहिरिएको छ। झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा शनिबार सम्पन्न खेलमा उ अरुण गाउँपालिकासँग पराजित भएको हो । पहिलो सेट २५-१८ ले जितेको उसले दोस्रो र तेस्रो सेट भने गुमाएको थियो । दोस्रो सेटमा २५-१४ र तेस्रो सेट २५-१८ ले गुमाएको अरुणले चौथो सेटमा ६ अंकले पछि परेको स्थिति उल्ट्याउँदै २८-२६ आफ्नो पक्षमा पारेको थियोे भने पाँचौं तथा निर्णायक सेट १५-९ ले जित्दै आमचोकलाई पहिलो खेलबाटै घर फर्किन बाध्य बनाएको छ।  जितसँगै अरुणले क्वाटरफाइनलमा दमकसँगको भेट पक्का गरेको छ। दमक र अरुण अन्तिम चार प्रबेशका लागि आइतबार  १ बजे आमनेसामने हुनेछन् । त्यस्तै शनिबार नै सम्पन्न अर्को खेलमा बेलबारी नगरपालिका मोरङलाई २५ -२२, २५-१३ र २५-२१ को सोझो सेटमा पाखा लगाउँदै  हतुवागडी गाउँपालिका भोजपुर क्वाटरफाईनल प्रबेश गरेको छ। अब उसले अन्तिम चार प्रबेशका लागि आईतवार त्रियुगा नगरपालिका उदयपुरको सामना गर्नेछ । आइतबार क्वाटरफाइनलका खेल हुनेछन् । २२ गतेसम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५...

झापाको विजयी शुरुवात

Image
    शरणामति। झापाको झापा गाउँपालिका ६ स्थित जनता माविको खेलमैदानमा जारी प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा झापाले विजयी शुरुवात गरेको छ। उसले झापाकै मेचीनगर नगरपालिकालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । पहिलो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको झापाले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-११ ले आफ्नो पक्षमा पारेको थियोे ।  जितसँगै झापा प्रतियोगिताको दोस्रो चरणमा प्रबेश गरेको छ । झापाका रोशन शिवाकोटी म्यान अफ द म्याच घोषित भए। शनिबार ५ खेल हुनेछन् । पहिलो खेलमा त्रियुगा नगरपालिका उदयपुर र मादी गाउँपालिका संखुवासभा आमनेसामने हुनेछन्। २२ गते सम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।

झापा गाउँपालिकामा १८ गतेदेखि तेस्रो अध्यक्ष कप भलिवल हुने

Image
     झापा। झापाको झापा गाउँपालिकामा प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर -६ स्थित शरणामतीमा प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप अन्तर पालिका पुरुष भलिवल प्रतियोगिता हुने भएको हो । प्रदेशका १६ टिमको सहभागीता रहने प्रतियोगिता कार्तिक १८ गतेदेखि २२ गते संचालन हुनेछ । यसैविच प्रतियोगिता सञ्चालनका लागि शनिवार बसेको आमभेलाले आयोजक समिति गठन गरेको छ। भेलाले खगेन्द्र घिमिरेको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा हुमा कार्की,सचिवमा रुपनारायण बजगाई,सह-सचिवमा भुवन कार्की,कोषाध्यक्षमा दिपक सिटौला रहेका छन् । त्यस्तै सदस्यहरुमा रुपक कार्की,गोपाल प्रसाई,नवीन कटुवाल,भुमिका भट्टराई,डम्बर बस्नेत र शंखरप्रसाद पाण्डे रहेका छन् ।  भेलाले गजेन्द्र ताम्लीको संयोजकत्वमा १३ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ। त्यस्तै शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति पनि गठन गरेको छ। प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५ हजार ५ सय ५५ रुपैयासहित ट...